SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

२४.५७ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको छ।यसअघि सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ५५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५२ वटा स्क्रिप्सको ९५ लाख १९ हजार  ४५२ कित्ता सेयर ४ अर्ब ४० करोड ७ लाख ५२ हजार  ५४२ रुपैयाँमा खरिदबिक्री भए।