म्याक्रोनको सिरिया भ्रमणकै क्रममा दमास्कसमा शक्तिशाली विष्फोट
सिरिया : सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन् । सिरियाको गृह मन्त्रालयका अनुसार विष्फोटमा चार जना प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन् । सरकारी समाचार संस्था सिरिया अरब न्यूज एजेन्सी (साना) ले मंगलबार जानकारी दिएको हो ।टेलिभिजन दृश्यहरूमा शहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ । साथै, सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एउटा सवारीसाधनमा आगलागी भएको देखिन्छ ।
