SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सरकारले १२ विद्युत प्रसारण लाइन निर्माणको लक्ष्य राखेको छ : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।