SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको त्यस झरनामा दैनिक पाँच सय पर्यटक पुग्ने गरेका पाइएको छ । अघिपछि भन्दा सार्वजनिक बिदाका दिन पर्यटकको सङ्ख्या दोब्बर हुने गरेको छ ।