SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

भूकम्पपीडितको आवास पुनः निर्माणका लागि ५ अर्ब सुनिश्चित- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन् ।