SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

युक्रेनमा रूसी आक्रमण तिव्र मृतकको सङ्ख्या २१ पुग्यो

एजेन्सी । युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुगेको युक्रेनी अधिकारीहरूले घोषणा गरेका छन् । स्थानीय अधिकारीहरू तथा उद्धार टोलीहरूले उच्च प्रभावित क्षेत्रका दुई क्षतिग्रस्त आवासीय भवनहरूमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको जनाइएको छ । रूसी आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल लगायत ड्रोनको प्रहार गरेको जनाइएको छ ।