सत्ता–प्रतिपक्षको विवादले सार्वजनिक लेखा समितिको बैठक नै स्थगित
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उपसमितिको संयोजक र सदस्यमा रहने बिषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच विवाद भएको हो ।बैठकमा रास्वपाका सांसदहरुले लेखा समितिको सभापति बिपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्ता पक्षलाई दिनुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आफूहरुले सम्मानजनक भूमिका पाउनु पर्ने धारणा राखेका थिए ।
