मुम्बईमा वर्षाको कहर : विद्यालय-कलेज बन्द,पुणेमा पहिरोमा परी चार जनाको मृत्यु
काठमाडौं : भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मुम्बईमा मंगलबार बिहानदेखि बाक्लो बादल, तीव्र हावा र भारी वर्षा भएपछि मौसम विभागले सुन्तला (ओरेन्ज) चेतावनी जारी गरेको छ।खराब मौसमको जोखिमलाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी,निजी तथा महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय र कलेजहरूमा मंगलबार बिदा घोषणा गरिएको छ।सोमबारदेखि लगातार परेको वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प भएको छ।
