उद्योग–प्रतिष्ठानहरूलाई ‘शान्ति क्षेत्र’ का रुपमा स्थापित गर्न सरकारले काम गर्दैछ : मन्त्री यादव
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशिल रहेको बताएकी छन् ।मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बिनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले अन्तर–मन्त्रालय र अन्तर–तह समन्वयलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको मनोबल उच्च राख्ने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहने बताएकी हुन् ।
