SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

एपीएफ स्कुलमा ११ करोड घोटाला : सशस्त्रको अनुगमन प्रणालीमाथि नै प्रश्न

काठमाडौं : कीर्तिपुरस्थित एपीएफ स्कुलमा करिब ११ करोड रुपैयाँ अपचलन भएको प्रकरणले सशस्त्र प्रहरी बल नेपालको आन्तरिक लेखा परीक्षण र अनुगमन प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ।सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले प्रत्येक चार–चार महिनामा मात्रै हिसाब खोज्ने खुकुलो व्यवस्थाको फाइदा उठाउँदै यति ठूलो रकम गायब पारिएको तथ्य खुलेको हो। स्कुलको रकम अपचलन भएको प्रमाणित भएपछि विद्यालयकी लेखापाल इन्स्पेक्टर कल्पना गुरुङ र उनका सहयोगीलाई पक्राउ गरिएको छ।