SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो : प्रतिवेदन

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशका घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ ।