SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलवार राष्ट्रिय बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।