SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुई दिने अभिमुखीकरण

काठमाडौं । पुरातत्त्व विभागले सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुई दिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ । सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिए ।