पर्वतमा आधुनिक बाल उद्यान निर्माण
पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एक मात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो ।
