SHARE
पर्दाफास · आइबार​ ८ भौ २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुख घिमिरे छलफलमा

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा नियमावलीअनुसार निर्वाचन तालिका सार्वजनिक गर्ने आज अन्तिम दिन रहेकोले सभामुख देवराज घिमिरे सक्रिय रुपमा दलहरूसँग छलफलमा जुटेका छन् । सभामुख घिमिरेले आज बिहानै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए ।