SHARE
पर्दाफास · आइबार​ ८ भौ २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताए । उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ ।