SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

सङ्घीय राजधानी नै डुबानको चपेटामा

काठमाडौं । अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन । बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ । त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता–कतै सडक जलमग्न त हुने होइन ? सवारी चालकलाई डुबेको सडक छिचोल्नुपर्ने बाध्यता हुन्छ भने पैदलयात्री सुरक्षित पाइला टेक्ने बाटो खोज्दै भौँतारिनुपर्छ ।