SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

नेपालको औसत उपभोक्ता मुद्रास्फिति २.६६ प्रतिशत

काठमाडौं : नेपालको चालु आर्थिक वर्षको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फिति २.६६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२ / ८३ का लागि मुद्रास्फिति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आवको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत देखिएको हो ।२०८३ बैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फिति ५.०४ प्रतिशत रहेको छ ।