SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री र एडीबीका अध्यक्षबीच जलविद्युत्, पर्यटनसहित के-के विषयमा भयो छलफल ?

काठमाडौं : प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले आज शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे।