भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा आइतबार थुनछेक बहस सम्पन्न भएपछि पौडेलसँग धरौटी माग गरिएको हो ।
