SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

मुद्रास्फीति नियन्त्रणमै, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।  सार्वजनिक प्रतिवेदन अनुसार मुद्रास्फीति नियन्त्रणमा रहे पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षा अनुसार सुस्त रहेको उल्लेख छ । चालु आर्थिक वर्षको १० महिना अवधिको समीक्षामा महिनामा विस्तृत मुद्रा प्रदाय (एम–टु) १५.२ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फ जाने कर्जा भने ६.५ प्रतिशत मात्र विस्तार भएको छ ।