सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा लैजान्छ : योगेश भट्टराई
नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउने बताएका छन्। काठमाडौँमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए। उनले संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पारे।
