SHARE
पर्दाफास · आइबार​ ८ भौ २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख बिना मुलुकमा स्थायित्व सम्भव छैन : माधव सापकोटा

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिए ।