SHARE
पर्दाफास · आइबार​ ८ भौ २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

अब ‘जसको जति घनत्व, उसको त्यति प्रतिनिधित्व’ हुनुपर्छ : सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्वले सजग हुन आवश्यक रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । वर्तमान निर्वाचन प्रणालीले जनसंख्याको वास्तविक घनत्वअनुसार सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याए ।