SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

प्रि ओपन सेसन : नेप्से परिसूचक ६.५६ अंकले घटेर बन्द

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.५६ अंकले घटेर २६२०.५४ विन्दुमा अडिएको छ।प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १ हजार ७०४ कित्ता सेयर ९ लाख १० हजार  ४५६ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ९ वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। १ वटा स्टकको मूल्य स्थिर रह्यो।