थप घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली हजारमा साताको तेस्रो दिन मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ । आइतबार र सोमबार लगातार घटेको सुनचाँदीकै भाउ आज तोलामा एक हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो तोलामा ९ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ८९ हजार ४ सय कायम भएको थियो । गएको बिहीबार र शुक्रबार दुई दिनमा १२ हजार ४ सय बढेको सुनको भाउ त्यसयता तीन दिन लगातार घटेको हो ।
