SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर : २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले ग्रेड्बृद्धिको लागि लिएको पूरक परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरेको हो ।गत असार १ देखि ९ गते सम्म भएको पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत उतिर्ण भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन् । उक्त परीक्षामा १ लाख २९ हजार १ सय १४ जना सामेल थिए । जसमा, ८३ हजार ५ सय २३ जना वर्गीकृत हुन सफल भएका उनले बताए ।