मुम्बईमा भारी वर्षा : विद्यालय–कलेज बन्द, पुणेमा पहिरो जाँदा चारको मृत्यु
भारत : भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । मुम्बईमा मंगलबार बिहानदेखि घना बादल, तीव्र हावा र लगातार वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । मौसम विभागले मुम्बईका लागि ‘अलर्ट’ जारी गरेको छ । भारी वर्षा र तीव्र हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी, निजी तथा महानगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजमा मंगलबार बिदा घोषणा गरिएको छ ।सोमबारदेखि परेको निरन्तर वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प भएको छ ।
