सकियो नाडा अटो शो, एक लाख ६० हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौंको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । भदौ ३ देखि सुरु भएको नाडा अटो शो आज (भदौ ८) सकिएको हो । यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे ।
