एडीबीले नेपाललाई २५ अर्ब रुपैयाँ ऋण दिने
काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई विभिन्न दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि करिब २५ अर्ब रुपैयाँ (१६५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ। नेपाल सरकार र एडीबीबीच सोमबार अर्थ मन्त्रालयमा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर भएका सम्झौताहरूमध्ये ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब साढे १७ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण परिचालन हुनेछ।
