SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

३ महिनाअगावै बर्दिया र कैलाली जोड्ने सनकट्टी पुल तयार

टीकापुर : सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुर र लुम्बिनी प्रदेशको बर्दिया गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा निर्माण समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ।पुलहरू निर्माणमा ख्याति कमाएको रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०७९ पुस १७ गते ठेक्का सम्झौता गरी २०८१ वैशाख २ गतेबाट निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न भएको हो। कम्पनीले ४५ महिनाभित्र निर्माण गर्ने गरी गरेको सम्झौतामा २०८३ असोज १६ गतेसम्म निर्माण अवधि तोकिएको थियो।