SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

घरेलु फोहोर घटाउने उपाय खोज्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले घरेलु फोहोर व्यवस्थापनलाई दिगो बनाउन स्रोतमा वर्गीकरण र बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउने उपायहरूको खोजी सुरु गरेको छ।महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरा, वातावरण व्यवस्थापन विभागका अधिकारीहरूबीच बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल साइट व्यवस्थापनका विषयमा विशेष छलफल भएको छ।