मोबाइल चोरीको आरोपमा बालबालिकालाई पिलरमा बाँधेर यातना, दुईजना पक्राउ
विराटनगर : मोरङको उर्लाबारीमा मोबाइल चोरी गरेको आरोपमा दुईजना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको भन्दै प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । बालबालिकामाथि अमानवीय व्यवहार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका–३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकी पक्राउ परेका हुन् । उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
