SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको बजेट किचलो सुल्झिएन, अप्ठ्यारोमा पर्दै मुख्यमन्त्री

धनगढी : असार १ गते मध्यराति १२ : ४५ बजे प्रदेश सभामा प्रस्तुत गरिएको सुदूरपश्चिमको बजेट २२ दिनसम्म पनि संसद्मा टेबुल हुन सकेको छैन। गठबन्धनका दलहरू भित्रमात्रै होइन, मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रालय सम्हालेको कांग्रेसभित्रै पनि बजेटका बारेमा चरम असन्तुष्टि देखिएपछि बजेट टेबुल हुन नसकेको हो।सामान्यतः सदनमा बजेट प्रस्तुत भएकै दिन वा केही गरी ढिलो भए भोलिपल्ट बजेट टेबुल हुने प्रावधान छ।