SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

झापामा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु

झापा : झापाको कमलमा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी ४० वर्षीया श्रीमती सरस्वती मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार सोमबार साँझ करिब ७:५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाइरहेका बेला कोब्रा सर्पले उनलाई डसेको थियो।  सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमक लगिएको थियो। उनको उपचारकै क्रममा राति १०:४० बजे मृत्यु भएको हो।