SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको हो।खेलको पहिलो हाफमा बेल्जियमले २-१ अग्रता लिएको थियो। दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। बेल्जियमको लागि खेलको नवौं मिनेटमा चार्ल्स डे‌ केटेलैरेले निकोलस रस्किनको असिस्टमा गोल गरे।खेलको ३१ औं मिनेटमा अमेरिकाको लागि मलिक तिलमेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।