SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

गजुरीमा साढे ७ किलोगाँजासहित २० वर्षीय युवक पक्राउ

धादिङ : धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारबाट ७ किलो ४१० ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।प्रहरी टोलीले सवारी साधन चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रोबसमा सवार गजुरी गाउँपालिका-६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई गाँजासहित पक्राउ गरेको हो।प्रहरीका अनुसार अधिकारीले बोकेको झोलाको खानतलासी गर्दा पहेँलो प्लास्टिक टेपले बेरिएका सात वटा पोकाभित्र ७ किलो ४१० ग्राम गाँजा फेला परेको थियो।