SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

संविधान संशोधन कार्यदलका संयोजकको योग्यतामा कांग्रेस–एमालेको प्रश्न

काठमाडौं : सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै विपक्षी दलहरूले संविधान संशोधन प्रक्रिया, संसदीय अभ्यास, कानुनी शासन र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।प्रतिनिधिसभामा नेपाली कांग्रेस, एमाले र अन्य विपक्षी दलका सांसदहरूले संविधान संशोधन बहसपत्र तयार गर्ने समितिको गठनलाई विवादास्पद भन्दै सरकारको आलोचना गरेका छन्। उनीहरूले संविधान संशोधन प्रक्रिया निष्पक्ष, विज्ञको सुझाव र संवैधानिक मर्मअनुसार अघि बढाउन माग गरेका छन।