SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल बेल्जियम प्रवेश गरेको छ । सोमबार अमेरिकामा सम्पन्न प्रि-क्वार्टरफाइनल खेलमा घरेलु टोलीलाई ४-१ ले पराजित गर्दै बेल्जियम १५औं विश्वकप सहभागीतामा चौथो पटक क्वार्टरफाइनल पुगेको हो । बेल्जियको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले समान एक गोल गरे ।