SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

बग्दैछ प्रतिभा, रुँदैछ माटो

पृथ्वीको उत्पत्तिदेखि नै यसको आकार बढेको छैन, तर मानिसको जनसंख्या भने निरन्तर बढिरहेको छ। सन् १८०० यता १ अर्ब रहेको जनसंख्या सन् १९७४ तिर ४ अर्ब हुँदै आज ८ अर्ब पुगेको छ। जमिन नबढे पनि र जनसंख्या तीव्र रूपमा वृद्धि भए पनि विश्वमा खाद्य संकटको भयावह अवस्था छैन। यसको मुख्य कारण मानिसले कृषिमा ल्याएको क्रान्ति हो। वैज्ञानिक अनुसन्धानले कृषि बालीको उत्पादनलाई जनसंख्या वृद्धिदरकै अनुपातमा बढाएको छ।