पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
काठमाडौं : फिका विश्वकप २०२६ मा अन्तिम १६ को खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटर फाइनल प्रवेश गरेको छ। डालास स्टेडियममा भएको खेलमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गरेको हो। खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनले गोल गर्दै क्वाटर फाइनलको बाटो तय गरेको हो।निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनका लागि मिकेल मेरिनोले गरेको गोललाई निर्णायक बन्यो।
