बालेनलाई कस्ने रास्वपाको विधान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ विधानले पार्टी सभापतिलाई थप शक्तिशाली बनाएको छ। गत असार ७ देखि १२ गतेसम्म भएको पहिलो महाधिवेशनबाट पारित विधानले संसदीय दलका नेतालाई समेत कस्ने गरी विधान बनाएको हो।रास्वपाले आफ्नो नयाँ विधानमार्फत आवश्यकता र योगदानका आधारमा दुई वा सोभन्दा बढी नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने नयाँ व्यवस्था गरेको छ।
