SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ११:०० PM · 1 मिनेट पढाइ

टेरामक्स प्रकरणमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित तीन जना दोषी ठहर

काठमाडौं : टेरामक्स खरिद प्रकरणमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।