SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

अधिकतम मूल्यमा तृतराज दास जनकपुर बोल्ट्समा

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो सिजनका लागि तृतराज दास जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्। क्याटगोरी ए मा रहेका तृतराज दासलाई अधिकतम मूल्य १५ लाखमा २ वटा टिमले बोली लगाएका थिए। उनलाई जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले बोली लगाएका थिए। लक्की ड्रबाट उनी जनकपुर बोल्ट्समा अनुबन्ध भएका हुन्। उनी यसअघि, पोखरा एभेन्जर्समा आबद्ध रहेका थिए।