SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

रुपेश कुमार सिंह विराटनगर किंग्समा अनुबन्ध

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि रुपेश कुमार सिंह विराटनगर किंग्समा अनुबन्ध भएका छन्। क्याटगोरी ए मा रहेका रुपेश कुमार सिंहलाई अधिकतम मूल्य १५ लाखमा ४ टोलीले बोली लगाएका थिए। उनलाई पोखरा एभेन्जर्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले बोली लगाएका थिए। उनी लक्की ड्रबाट विराटनगरमा पुगेका हुन्।