SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो सिजनमा किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। उनलाई लुम्बिनी लायन्स र विराटनगर किंग्सले अधिकतम मूल्य १० लाखमा बोली लगाएका थिए। उनी लक्की ड्रबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन्। उनी यसअघि जनकपुर बोल्ट्समा खेलेका थिए।