SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

विवेक कुमार यादव अधिकतम मूल्यमा चितवन राइनोजमा अनुबन्ध

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको लागि विवेक कुमार यादव चितवन राइनोजमा अनुबन्ध भएका छन्। विवेकका लागि क्याटगोरी ए को अधिकतम मूल्य १५ लाखमा ४ वटा टिमले बोली लगाएका थिए। जनकपुर बोल्ट्स , कर्णाली याक्स, विराटनगर किंग्स र चितवन राइनोजले अधिकतम मूल्य १५ लाखमा विवेक कुमार यादवलाई बोली लगाएका थिए। लक्की ड्रबाट विवेक चितवनमा पुगेका हुन्। क्याटगोरी ए मा रहेका विवेक कुमार यादव दोस्रो सिजनको एनपीएल अगाडि घाइते हुँदा उनले दोस्रो सिजनको एनपीएल गुमाएका थिए।