SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

लुम्बिनीमा फर्किए दुर्गेश गुप्ता

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको लागि दुर्गेश गुप्ता लुम्बिनी लायन्समा फर्किएका छन्। उनलाई उनको पूर्व टिम लुम्बिनी लायन्सले न्यूनतम मूल्य ५ लाखमा अनुबन्ध गरेको हो।बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता पहिलो र दोस्रो सिजनमा लुम्बिनीमा नै रहेका थिए। पहिलो सिजन चोटका कारण धेरै खेल खेल्न नपाएका दुर्गेश दोस्रो सिजनमा भने प्रयोग नै भएका थिएनन्।