SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

नगरपालिकामा विवादकै बीच बजेट पारित, ५ वडाध्यक्षले गरे बहिष्कार

रौतहट : रौतहटको कटहरिया नगरपालिकाको १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सोमबार विवादका बीच सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको भए पनि नगरप्रमुख र अन्य जनप्रतिनिधिबीच विवाद बढेको हो।बजेट वितरणमा विभेद भएको आरोप लगाउँदै ५ जना वडाध्यक्षले नगरसभा बहिष्कार गरेका छन्। नगरसभामा नगर प्रमुख अजय प्रकाश जैसवालले चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरेका थिए।