SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता, के-के भयो छलफल ?

काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो।भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे।